शनिबार, साउन २, २०८३

सभापति देउवालाई बुझाइँदै कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट प्राप्त सुझाव समेटेर तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाइन लागेको हो।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– कांग्रेसभित्र संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर नेता शेखर कोइरालाको कार्यशैलीप्रति असहमत तेस्रो धारले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाइने भएको छ।

आजदेखि सानेपा मुख्यालयमा दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समिति बैठकअगावै सभापति देउवालाई कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन बुझाइने नेता गुरुराज घिमिरेले बताएका हुन्।

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पारेको छ। गत ११ देखि ३१ जेठम्म कांग्रेस रुपान्तरण अभियानले सातै प्रदेश भेला गरेको थियो।

प्रकाशित: Jul 18, 2023| 11:51 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्