मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारमा जानेको संख्या हालसम्मकै उच्च, वर्ष दिनमै उडे करिब आठ लाख

वैदेशिक रोजगारमा जानेको संख्या हालसम्मकै उच्च, वर्ष दिनमै उडे करिब आठ लाख

मुलुकभित्र रोजगारी अभावका कारण विदेश पलायन हुनेको संख्या दैनिक बढ्दै। विदेश रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च रहेको विभागको तथ्यांक।
 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं– सरकारले मुलुकभित्र रोजगारी अवसर उपलब्ध नगराउँदा शिक्षित, अशिक्षित युवा जमता रोजगारीका लागि विदेश जाने क्रम ह्वात्तै बढेको छ। पछिल्लो दुई वर्षदेखि विदेश रोजगारीमा जानेको संख्या ह्वात्तै बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।

National life

विभागका अनुसार आव २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेश रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३२८ रहेको छ। यो संख्या हालसम्मकै उच्च रहेको विभागका निर्देशक गुुरुदत्त सुुवेदीले बताए। विदेश रोजगारीका लागि आव २०७८÷७९ मा ६ लाख ३० हजारले श्रम स्वीकृति लिएको विभागको विवरणमा उल्लेख छ। 

विदेश रोजगारीमा जानेमध्ये चालू आवमा सबैभन्दा बढी श्रम स्वीकृति कात्तिकमा लिएको देखिन्छ। कात्तिकमा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले लिएका छन्।

विभागका तथ्यांकअनुसार गत असारमा ७१ हजार ५ सय, साउनमा ६५ हजार ४६२, भदौमा ७६ हजार ४०३, मंसिरमा ६८ हजार ५६४, पुसमा ६४ हजार ४६४ र माघमा ६४ हजार २८४ जना विभागबाट श्रम स्वीकृति लिएर कामका लागि बिदेसिएका छन्।

यस्तै, गत जेठमा ५९ हजार ४२२, फागुुनमा ६१ हजार ८४५, चैतमा ६१ हजार ४७८ र असोजमा ५८ हजार १९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: Jul 18, 2023| 11:07 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्