NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग अनुगमनमा निस्किए पूर्वाधारमन्त्री ज्वाला

नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग अनुगमनमा निस्किए पूर्वाधारमन्त्री ज्वाला

सुरुङ मार्गको मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी।
 |  मंगलबार, साउन २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

vianetvianet

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीको टोलीले नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको अनुगमन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गंगालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङ मार्गको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए। निर्माण प्रक्रियामा कुनै व्यावहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उनको भनाइ छ।

मन्त्री ज्वालाले सुरुङ मार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिए। सुरुङ मार्गको मुख्य टनेल करिब ४ सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको सुरुङ मार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिए।

अबको केही महिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ। आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए।

२०७६ कात्तिकमा शिलान्यास गरिएको सुरुङ मार्गको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ। यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

Metro Mart

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङ मार्ग निर्माण अवधि १४ महिना थपिएको हो। थपिएको समयअनुसार २०८१ असोजसम्म सम्पूर्ण काम सकेर सुरुङ मार्गमा सवारी सञ्चालन ल्याउन सकिनेछ।

प्रकाशित: Jul 18, 2023| 10:43 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्