शनिबार, साउन २, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

 |  मंगलबार, साउन २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने उपमहासचिव डा विजय पौडेलले जानकारी दिए।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव डा गङ्गालाल तुलाधर, उपमहासचिव डा पौडेललगायत नेताले पार्टीको वैचारिक नीति र सङ्गठन सुदृढीकरणमा धारणा राखिसकेका छन्।  पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन्। बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ।
 

प्रकाशित: Jul 18, 2023| 09:17 मंगलबार, साउन २, २०८०
प्रतिक्रिया दिनुहोस्