आइतबार, वैशाख २७, २०८३

कांग्रेससहित ६९ दललाई आयोगको जरिवाना

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- निर्वाचन आयोगले लेखापरीक्षण नगराएका ६९ वटा राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको छ। आयोगको साउन १ मा बसेको बैठकले ती दललाई ७ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको हो।

National life

आयोगले भनेबमोजिम तर समय घर्किएपछि लेखापरीक्षण गराएका १२ दललाई भने सचेत गराउने निर्णय गरेको छ। आयोगले सोधेको स्पष्टीकरण समयमा नबुझाउने तीन वटा दललाई २० हजारका दरले जरिवाना गर्ने निर्णय आयोगले गरेको छ। 

समयमै लेखापरीक्षण गराएर आयोगलाई जानकारी गराएका ४३ वटा दल भने जरिवानाबाट जोगिएका छन्। 

प्रकाशित: Jul 17, 2023| 20:34 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्