आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरिने, के-के छन् एजेण्डा? 

कांग्रेस केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरिने, के-के छन् एजेण्डा? 

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- नेपाली कांग्रेसको मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गरिने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने प्रस्ताव गरेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए। 

National life

कोइरालाका अनुसार सभापति शेरबहादुर देउवाले बैठक लाइभ गराउने कि भन्ने विषयमा प्रस्ताव राखेर छलफल भएको हो । 'भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो । शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,' उनले भने, 'दुवै कुरा आएको छ । लाइभ गर्दा पनि हुन्छ भनिएको छ । अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ ।'

पदाधिकारी बैठकले केन्द्रीय समितिका लागि विभिन्‍न १० वटा एजेण्डा तय गरेको छ। 

यी हुन् एजेण्डा

- समसामयिक
- सांगठानिक कार्ययोजनाबारे
- केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव
- पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन
- नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव
- विभाग गठन
- राष्ट्रव्यापी अभियानको घोषणाबारे
- केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश
- संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउँने)
- सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)।

प्रकाशित: Jul 17, 2023| 17:55 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्