शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्षको पहिलो कारोबार दिन ४७ अंकले बढ्यो नेप्से

आर्थिक वर्षको पहिलो कारोबार दिन ४७ अंकले बढ्यो नेप्से

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ। २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ।

सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको हो। कारोबारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने, १३ को घट्दा ४ को स्थिर छ।

सोमबार बीपीडब्ल्यू लघुवित्त संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको सेयर मूल्य ९.९९ र ९.८७ प्रतिशतले बढेको छ।

कुमारी धनवृद्धि योजनाको सेयर मूल्य सबैभन्दा बढी ८.३७ प्रतिशतले घटेको छ। सोमबार २५७ कम्पनीको सेयर खरिदबिक्री भएको छ भने, ५० हजार २९९ कारोबार भएको छ।

प्रकाशित: Jul 17, 2023| 15:43 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्