आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि परराष्ट्र नीति खलबल्याएको एमाले नेता ज्ञवालीको आरोप

प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि परराष्ट्र नीति खलबल्याएको एमाले नेता ज्ञवालीको आरोप

नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध अघि बढाउन राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने सरोकारवालाको सुझाव।
 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनकै लागि मुलुकको  परराष्ट्र नीति खलबल्याएको आरोप एमाले उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लगाएका छन्।

National life

आज त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी एमाले नेता ज्ञवालीले सत्ताका लागि असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न सरकारलाई सुझाएका हुन्। 

भारत भम्रणका बेला प्रधानमन्त्री प्रचण्डले गरेको विद्युत् खरिद सम्झौता नेपाल हितमा नभएको उनले दाबी गरे। ‘असंलग्नता नेपालका लागि अति महत्त्वपूर्ण छ। पछिल्ला दिनमा त्यसमा विचलन देखिन थालेका छन्। सत्ताका लागि जस्तोसुकै जोखिम उठाउँदा केही वर्ष टिक्ला तर नेपालजस्ता देशले धेरै मूल्य चुकाउनुपर्छ,’ ज्ञवालीले भने।
नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध अघि बढाउन राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा कांग्रेस नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले भारत–चीनबीच सन्तुलित सम्बन्ध बलियो बनाउने दिशामा नेपाल अडिग रहनुपर्ने धारणा व्यक्त गरिन्। ‘दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने हो। त्यसका लागि कतै ढल्किनु भएन। सन्तुलित हुनुपर्छ।’, उनले भनिन्। 

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको उल्लेख गर्दै भारत र चीनबीच सुमधुर सम्बन्ध कायम राखेर जानुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: Jul 17, 2023| 15:14 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्