आइतबार, वैशाख २७, २०८३

नेसपाको संगठन विस्तार अभियान आजदेखि सुरु

 |  सोमबार, साउन १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १, २०८०

काठमाडौं- नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ।

National life

'अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प' भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुनेछ।

पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको सुरुआत गर्नेछन्।

प्रकाशित: Jul 17, 2023| 09:32 सोमबार, साउन १, २०८०
प्रतिक्रिया दिनुहोस्