आइतबार, वैशाख २७, २०८३

केन्द्रीय समितिअघि कांग्रेसको पदाधिकारी बैठक बस्ने

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

National life

काठमाडौं- केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। देउवाले आफ्नो अस्थायी निवास धुम्बाराहीमा भोलि सोमबार दिउँसो दुई बजे बैठक डाकेका हुन्।

कांग्रेस केन्द्रीय समिति बैठक पर्सि मंगलबार सुरु हुने तय भएको छ। गत २७ असारमा बस्ने भनिएको बैठक प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता  दाहालको निधनका कारण सरेको हो। करिब एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो। 

प्रकाशित: Jul 16, 2023| 17:51 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्