आइतबार, वैशाख २७, २०८३

रास्वपा र राप्रपाले गरे सदन अवरोध

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

National life

काठमाडौं- विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध सिर्जना भएको छ। कानुनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका थिए।

त्यसबीचमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई आफ्नो धारणा राख्न सभामुख देवराज घिमिरले समय दिए पनि रास्वपा र राप्रपाका सांसदहरू उठेर आपत्ति जनाएपछि अवरोध भएको हो। सभामुखले पटकपटक आग्रह गर्दा पनि सांसदहरू नबसेपछि सभामुखले विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सभामुखको घोषणा नै अन्तिम हुने जानकारी गराएका छन्।

सांसदहरुले बेल घेराउ गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ।

प्रकाशित: Jul 16, 2023| 16:35 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्