NadaNada
बिहीबार, भदौ ५, २०८२

कांग्रेस सांसद शर्माले उठाए सहकारी पीडित र श्रमिकको विषय

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारी पीडित र श्रमिकका विषय संसद् बैठकमा उठाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले सहकारीबाट मानिसहरु पीडित भएको र अर्कोतिर सहकारीकर्मी पनि समस्यामा रहेको बताए। केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

शर्माले भने, 'सहकारीकर्मीहरू आन्दोलनमा छन्। केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन्। सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो।' सांसद शर्माले आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे। उनले आन्दोलनमा हस्तक्षेप गर्न नहुने बताए।

साथै उनले हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्न पनि माग गरेका छन्।

प्रकाशित: Jul 16, 2023| 14:54 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्