शनिबार, साउन २, २०८३

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- मिटरब्याजसम्बन्धी विधेयक  प्रतिनिधिसभाबाट आज नै पारित हुने भएको छ। प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा मिटरब्याजसँग सम्बन्धित विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको छ। सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाइएको उनले बताए।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका बोलाइएको भए पनि कार्यव्यवस्था समितिको बैठकका कारण दुई बज्न लाग्दा पनि सुरु भएको छैन।

प्रकाशित: Jul 16, 2023| 13:40 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्