आइतबार, वैशाख २७, २०८३

रास्वपाले बोलायो संसदीय दलको बैठक

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

National life

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। मिटरब्याजसम्बन्धी विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयकमाथि आफ्नो धारणा तय गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा यी दुई विधेयक प्रस्तुत हुँदैछन्। मिटरब्याजसम्बन्धी विधेयक छिटो पास गर्नुपर्ने माग रास्वपाले गरिरहेको छ। मिटरब्याज पीडितलाई न्याय दिन सरकारले ल्याएको संशोधन विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने तयारी गरिएको छ। सरकारले ल्याएको उक्त संशोधन विधेयकमा तोकिएभन्दा बढी ब्याज लिइएको पाइए ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको व्यवस्था छ।

रास्वपाले अघिल्लो संसद् बैठकमा आज मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवारोध गर्ने चेतावनी दिएको थियो।

प्रकाशित: Jul 16, 2023| 12:09 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्