शनिबार, जेठ ३०, २०८३

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै 

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। ढाकामा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। यसअघि नेपाल र घरेलु टोलीबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो। ६८ औँ मिनेटमा सविना खातुनले गोल गरेकी थिइन्। हार नजिक पुगेको नेपाललाई इन्जुरी समयमा सावित्रा भन्डारीले गोल गर्दै बचाएकी थिइन्।

गत वर्षको भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँगै नेपाल पराजित भएको थियो। त्यसपछि नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने भएका हुन्।

चीनमा आगामी असोजको पहिलो साता हुने एसियाली खेलकुदको तयारीका लागि महिला टिमले बंगलादेको भ्रमण गरेको हो। नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक एसियाड खेल्दैछ। 

प्रकाशित: Jul 16, 2023| 10:58 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्