आइतबार, वैशाख २७, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ।

National life

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नेछन्।

उनले सो प्रस्ताव माथिको संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने देखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Jul 16, 2023| 09:26 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्