शनिबार, साउन १२, २०८१

सुदूरपश्चिमको बजेट मध्यरातमा पारित, एमालेको बहिष्कार

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। गए राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो।

triton college

प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०–८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो। सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए। 

बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बैठकमा अनुपस्थित रहेको थियो। प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित थिए। 

बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसदले मत दिएका थिए। प्रतिपक्षी दल राप्रपाका एक सांसदले विपक्षमा मत दिए। बजेटमा सत्ता पक्षकै तीव्र असन्तुष्टिका कारण अन्तिम समयमा आएर पास भएको हो।

प्रकाशित: Jul 16, 2023| 06:41 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

खुला आकाशमुनि रात बिताए बझाङबासीले [तस्बिरहरु]

हिजो दिउँसो दुइटा ठूला र अन्य थुप्रै ससाना झट्का महसुस भएको थियो।