आइतबार, वैशाख २७, २०८३

एमालेले चुन्‍यो बागमती इन्चार्जमा गुरु बराल

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को वाग्मती प्रदेश इन्चार्जमा गुरु बराललाई चयन गरिएको छ। शनिबार बसेको सचिवालय बैठकबाट बराललाई बागमती इन्चार्जमा चयन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

National life

एमालेले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाएको हो।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टी उपाध्यक्षहरूसँग छलफल गरेका थिए।
 

प्रकाशित: Jul 15, 2023| 18:37 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्