आइतबार, वैशाख २७, २०८३

पुराना दलको बचाउमा विश्वप्रकाशले भने- धर्ती पनि पुरानो हो

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन्।

National life

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पुराना पार्टीका दिन गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए।

उनले पुरानो नाता सम्बन्धलाई तोडेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने टिप्पणी गरे। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्न सक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूलाई उनले आग्रह गरे।
शर्माले भने, ‘अब पुराना दलका दिन गए, नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन् - यो धर्ती पनि पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृतिहरू पनि पुराना हुन्। यो देश आफैंमा पनि पुरानो हो।’

महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए। उनले साउन २ गते बस्ने केन्द्रीय समिति बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोताजा बनाएर नवीन बनाउने क्रम सुरू हुने बताए।

प्रकाशित: Jul 15, 2023| 18:29 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्