बुधबार, असार ३, २०८३

बाढीले बगायो सीमास्तम्भ

निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दसगजामा रहेको १४०/१५ नम्बरको सीमास्तम्भ बगाएको हो। 
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

झापा– झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दसगजामा रहेको सीमास्तम्भ बाढीले बगाएको छ।

National life

निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दसगजामा रहेको १४०/१५ नंको सीमास्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमास्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उनले बताए।

२६ असारदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा पर्नुका साथै सयौँ घर विस्थापित भएका छन्। अविरल वर्षाका कारण दमक–४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ।

बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ। अस्थायी प्रहरी पोस्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ। 

जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्बासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन्। गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोलस्थित चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा  २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किएका छन्।–रासस

Shivam cement

प्रकाशित: Jul 15, 2023| 15:59 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्