बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिवि शिक्षण अस्पताल स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

त्रिवि शिक्षण अस्पताल स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

शुक्रबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत भेटिएका फार्मेसी इञ्चार्ज अमृत पोखरेलका परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको हो।
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं– महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

National life

जिल्ला प्रहरी परिसरका अनुसार शुक्रबार बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए। उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन्। निजहरुले मानसिक तनाव दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्।

अमृतले आफूलाई फसाउन खोजिएको भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक रिजालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित: Jul 15, 2023| 15:30 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्