शनिबार, साउन २, २०८३

२०८४ मा रास्वपाको एकल सरकार: रवि

मिसन ८४ अनुसार अहिलेदेखि नै बहुमत ल्याउने गरी खटिन कार्यकर्तालाई रविको निर्देशन। 
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०८४ मा एकल सरकार बनाउने गरी मिसन सुरु भइसकेकाले यसलाई कुनै पनि दलले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार रास्वपा बूढानीलकण्ठ नगर भेलामा सहभागी लामिछानेले मिसन ८४ अनुसार अहिलेदेखि नै बहुमत ल्याउने गरी खटिन कार्यकर्तालाई निर्देशन दिए।

‘रास्वपामा नेता र कार्यकर्ताबीच मिसन ८४ को परिभाषा मिल्यो भने बहुमतको एकल सरकार बनाउन कुनै शक्तिले रोक्ने तागत छैन। यसका लागि असल मान्छेलाई रास्वपामा प्रवेश गराउनु रहेको हो। यो अभियानमा जोडिन पार्टी पंक्तिलाई आग्रह छ’, उनले भने। 

पार्टीभित्र गुटबन्दी नगर्न र दलहरुका भीडमा नाम मात्रैको अर्को दल बन्ने गतिविधिमा सीमित नहुने उनले नेता, कार्यकर्तालाई गरे। लामिछानेले पार्टी नेता र कार्यकर्ता संयमित, शिष्ट र अनुशासित बने आलोचकलाई समेत चित्त बुझाउन सकिने लामिछानेको भनाइ छ।

प्रकाशित: Jul 15, 2023| 14:54 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्