NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका काम निरन्तर भइरहेको चुनावका बेला जनतासँग गरिएका वाचा आउँदो पाँच वर्षभित्र पूरा भइछाड्ने उपप्रधानमन्त्री खड्काको दाबी।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गरिछाड्ने बताएका छन्। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छाड्ने दाबी गरेका हुन्।

शनिबार गृहजिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका काम अघि बढिरहेको दाबी गरे।

उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्त्वपूर्ण विकास योजना अघि बढाइएको बताए।

उपप्रधानमन्त्री खड्काले कर्णाली, भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमुना सहर निर्माण गरेर भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए। 

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो।

Metro Mart

पूर्वी सुर्खेतका लेकबँसी, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पु¥याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापीलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए।–रासस

प्रकाशित: Jul 15, 2023| 14:33 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्