NadaNada
बुधबार, भदौ ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि कुनै दबाब नरहेको जानकारी दिएका हुन्।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई पछिल्लो समयका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायत कुनै पनि अनुसन्धानलाई निष्कर्षमा लैजान निर्देशन दिइएको बताएका छन्। अनुसन्धान प्रभावित हुने गरी सरकारले प्रहरीलाई हस्तक्षेप र दबाब नदिएको उनको  धारणा छ।

शनिबार पशुका लागि चितवनमा उत्पादित साइलेज चीन निर्यात कार्यक्रम उद्घाटन गर्न भरतपुर पुगेका गृहमन्त्री नारायणकाजीले प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि कुनै दबाब नरहेको जानकारी दिएका हुन्।

प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनिएको छैन। त्यस्तो कुरा गर्दिनँ। निर्दोष फस्ने र दोषी उम्किने भएन भन्ने मात्रै हो। प्रहरीले सोहीअनुसार निष्पक्ष भएर काम गरिरहेको छ।’

कसैले घुस खाएको, अकुत सम्पत्ति कमाएको भनेर पक्राउ परे हुन्थ्यो भन्ने कामना गरे पनि तथ्य प्रमाणका आधारमा समातिने मन्त्री नारायणकाजीले सुनाए। भ्रष्टाचार र अनियमिततालगायत जुनसुकै घटनामाथिको छानबिन अनुसन्धानका क्रममा ढिलोचाँडो हुन सक्ने भए पनि काम नरोकिने उनले दाबी गरे। 

उनले मिटरब्याज पीडितलाई न्याय दिने काममा एक–दुई दिन अवरोध भए पनि अहिले संसद् खुलिसकेकाले सम्बन्धित विधेयकलाई छिटो पारित गरिने बताए। विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने उनले दाबी गरे।

Metro Mart

प्रकाशित: Jul 15, 2023| 13:02 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्