शनिबार, साउन २, २०८३

राष्ट्रसंघीय स्थायी नियोगसहित ६ मुलुकमा राजदूत सिफारिस

हाल विभिन्न सात मुलुकमा राजदूत रिक्त रहेकामा क्यानडाबाहेक ६ मुलुकमा सरकारले नियुक्तिको सिफारिस गरेको हो। 
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं– सरकारले सरकारले संयुक्त राष्ट्रसंघीय नियोग न्यूयोर्कस्थित स्थायी प्रतिनिधिसहित विभिन्न मुलुकमा ६ राजदूतको नाम सिफारिस गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा लोकबहादुर थापाको नाम सिफारिस गरेको छ।

हाल परराष्ट्र मन्त्रालयका सहसचिव रहेका थापालाई न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सिफारिस गरिएको हो। यस्तै, रामप्रसाद सुवेदीलाई जेनेभाका लागि स्थायी प्रतिनिधिमा सिफारिस गरिएको छ।

हाल विभिन्न सात मुलुकमा राजदूत रिक्त रहेकामा क्यानडाबाहेक ६ मुलुकमा सरकारले नियुक्तिको सिफारिस गरेको हो। राजदूत सिफारिसमा परेका ६ जना नै परराष्ट्रका सहसचिव हुन्। 

मन्त्रिपरिषद् बैठकले फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई, थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरेको छ। 

यसअघि न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकाएर स्वदेश फर्किइसकेका छन्।

प्रकाशित: Jul 15, 2023| 11:43 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्