आइतबार, वैशाख २७, २०८३

संसदीय दलको नेता बदल्ने प्रयास निरन्तर : गगन थापा

बहुमत पुग्ने अवस्था आउनासाथ कांग्रेस संसदीय दलको नेताका लागि पुनः प्रयत्न गरिने महामन्त्री गगन थापाको खुलासा।
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आउनासाथ संसदीय दलको नेता बदल्ने प्रयत्न पुनः गरिने बताएका छन्।

National life

मोरङमा रहेका नेता थापाले विराटनगरमा पत्रकारसँग कुरा गर्दै यसअघि दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वाभाविकै भएको प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘कांग्रेस संसदीय दलको नेतामा लडेको मान्छेले बहुमत पुग्ने अवस्था पुनः लड्ने हो। यसमा प्रयास र कोसिस निरन्तर जारी छ। संख्या मात्र पुग्यो भने पुनः संसदीय दलको नेताका लागि प्रयास गर्छु।’

गिरिजाप्रसाद कोइराला कांग्रेस संसदीय दलको नेता हुँदा वर्तमान सभापति शेरबहादुर देउवाले  संख्या जुटाएर नेता बनेकाले आफूले पनि सोही उपाय अपनाएर अगाडि बढिरहेको उनको भनाइ छ।

आगामी २ साउनका लागि तय भएको केन्द्रीय समिति बैठक कुनै पनि हालतमा नसर्ने महामन्त्री थापाले बताए। बैठकले पार्टी सञ्चालन कार्ययोजना,  कार्यतालिका र नीति महाधिवेशनको मिति तय गर्ने उनले जानकारी दिए।

प्रकाशित: Jul 15, 2023| 11:14 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्