NadaNada
बुधबार, भदौ ४, २०८२

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

 |  शनिबार, असार ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ। शुक्रबार सुरु भएको बैठक नेताहरूले बोल्न क्रम जारी रहेकाले शनिबार बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

कीर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८:३० बजेबाट बैठक सुरू हुने छ।

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल गर्नेछ। सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ।  

शुक्रबारदेखि तीन दिनसम्म चल्ने बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ। पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ।

प्रकाशित: Jul 15, 2023| 08:14 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्