शनिबार, साउन २, २०८३

अमेरिकी सहायक विदेशमन्त्रीले भेटे एमाले अध्यक्ष ओली 

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार दिउँसो काठमाडौं ओर्लिएका सहायक विदेशमन्त्री लुले नेकपा एमालेको पार्टी मुख्यालय च्यासल पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। 

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्। यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग संवाद गरिसकेका छन्।

दुवैजनासँगको संवादमा उनको मुख्य चासोको विषय अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे थियो। एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले दुईजनाबीच आपसी हितसहितका विषयमा कुरा भएको जानकारी दिएका छन्। 

प्रकाशित: Jul 14, 2023| 18:27 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्