आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दृष्टिविहीन संगीत शिक्षक आष्माको अनुभव- राग रट्ने कुरा होइन

ह्वाइट केन उनको बाटोभरीको साथी बनिदिएको छ। सम्भवतः अत्मबल बढाउने हतियार पनि। अंग्रेजी भाष साहित्यमा स्नातक गर्दै गरेकी उनी एकदमै आत्मविश्वासी छिन्।
 |  शनिबार, असार ३०, २०८०
nespernesper

विजेता

विजेता

शनिबार, असार ३०, २०८०

काठमाडौं- मनमा उत्साह र केही गर्ने अठोट भए जेपनि गर्न सकिन्छ। आष्मा अर्याल ह्वाइट केन (दृष्टिबिहीनले प्रयोग गर्ने सेतो छडी) लिएर नियमित जडिबुटीस्थित झंकार कला केन्द्र जान्छिन्। जहाँ उनले आफ्ना विभिन्न उमेरका विद्यार्थीहरुलाई गीत र संगीतको शिक्षा दिने गरेकी छन्।

triton college

ह्वाइट केन उनको बाटोभरीको साथी बनिदिएको छ। सम्भवतः अत्मबल बढाउने हतियार पनि। अंग्रेजी भाष साहित्यमा स्नातक गर्दै गरेकी उनी एकदमै आत्मविश्वासी छिन्। त्यही विश्वासले नै उनलाई संगीत गुरु बनाएको हो। यद्यपि घरमा सांगितीक विरासत छैन तर उनमा सानैदेखि संगीतप्रति लगाव थियो

अर्याल भन्छिन्, 'म तीन वर्षको हुँदादेखि नै घरमा हारमोनियम बजाउँथें। गीत पनि राम्रो गाउँछु भनेर सबैले भनेपछि गीत–संगीत सिक्न थालेको हुँ।' अर्यालले धनबहादुर गोपाली गुरुसँग संगीत सिकेको बताइन्। उनले कलानिधि इन्द्रा संगीत महाविद्यालय इलाहाबाद भारतबाट संगीत शिक्षा लिएकी हुन्। उनले प्रयाग संगीत समितिको ६ वर्षको कोर्ष पूरा गरेकी छिन्। यति लामो संगीतको साधनालाई प्रविणको उपाधि दिइन्छ।

प्रयाग संगीत समिति संगीतकै लागि स्थापना भएको विश्वविद्यालय हो। यसमा प्रश्नपत्र पठाउने, जाँच लिने, प्रयोगात्यमक गराउनेदेखि सबै प्रकृयाको लागि उतैबाट नेपालमा मान्छे आउने गरेका छन्। अर्याल भन्छिन्, ‘हामी नेपालमा बसेर सिक्छौं तर जाँच चाहिँ उतैको विश्वविद्यालय अन्तर्गत हुन्छ।’

अर्याललाई संगीत सिक्दासम्म संगीतको शिक्षक हुन्छु र अरुलाई पनि यो शिक्षा दिन्छु भन्ने लागेको थिएन। तर बालबालिकाले जब संगीत सिक्छु भन्दै आए र उनले सिकाउन सुरु गरेको बताइन्। उनी विद्यालयमा बालबालिकालाई पनि संगीत शिक्षा दिने गरेकी छन् भने उनको यसै कौशललाई विभिन्न पुरस्कार र सम्मान प्राप्त छ। उनी थुप्रैको लागि प्रेरणा हुन्। उनले संगीत सिकाएरै आत्मनिर्भर भएको बताइन्। यद्यपि उनी साहित्य र सञ्चारसँग पनि जोडिएकी छन्।

Metro Mart
vianet

आष्मा अर्याल दृष्टिबिहीन हुन् तर उनका प्रायः विद्यार्थीहरु सामान्य छन्। उनी भन्छिन्, ‘दृष्टिबिहीनता र गीत–संगीतको कुनै कनेक्सन छैन। त्यही भएर न त मलाई सिक्नमा समस्या भयो र अहिले दृष्टि भएका सामान्य बालबालिकादेखि युवा, प्रौढ सबैलाई गीत संगीत सिकाउँदै आएको छु, यसमा पनि कुनै समस्या छैन। मजस्तै थुप्रै दृष्टिबिहीनहरु संगीतमा लागेका छन्। मैले तबला सिक्दा मेरो गुरुले औंला समातेर सिकाउनु भयो। अरु बाजाहरु जुन हेरेर बजाउनु पर्छ ती बाजाहरु पनि हात समाएरै गुरुले मलाई सिकाउनु भएको छ। दृष्टि बिहीनलाई गायन र बादनमा खासै समस्या छैन। मैले झंकार कलाकेन्द्र दृष्टिबिहीन वा अन्य अपांगता भएकाको लागि मात्रै नभएर एउटा संगीत विद्यालयको रुपमा सञ्चालन गरेकी हुँ। यहाँ सबैको प्रवेश छ।’ संगीत र साहित्यमा काम गर्ने उद्देश्यले नै कलाकेन्द्र सञ्चालन गरेको उनी बताउँछिन्।

झण्डै सात वर्ष भयो उनी संगीत गुरु भएर झंकार कला केन्द्र सञ्चालन गर्न थालेको। उनी भन्छिन्, नेपालमा संगीत शिक्षा र गायनको विश्वशनीय र भरपर्दो अध्ययन संस्थानको अभाव छ।' उनले आफ्नो विद्यालयमा संगीत सिक्ने विद्यार्थी संख्या नियमित १३ देखि १५ जनामात्रै भए पनि रहरले सिक्ने भन्दा पनि कलाले तानिएर कलाकेन्द्रसम्म आएको बताउँछिन्। उनी भन्छिन् ‘अहिले गीत–संगीत सिकाउने इन्सटिच्युट र संस्थाहरु धेरै छन् तर प्रायः व्यापारिक हिसाबले खुलेका छन्। जहाँ एक महिना मात्रै संगीत सिक्छु भन्नेदेखि ९ महिना वा वर्ष दिन सिक्छु भन्नेहरुलाई समेत भर्ना लिएको छ।’

sangit sikshak 21689334571.jpg
संगीत शिक्षा ग्रामरबिनाको अंग्रेजी जस्तो
उनी सुनाउँछिन्, कुनै संस्थाले त बोर्डमै पनि यति दिनमा राम्रो गायक वा संगीतकार बनाउँछु भनेर प्रचार नै गरिरहेको छ। जब कि संगीतको जड भनेको शास्त्रीय संगीत हो। शास्त्रीय संगीत भनेको वर्षौं लाग्ने विद्या हो। त्यसमा त्यही खालको धैर्यता चाहिन्छ।  एउटा गितार सिक्न पनि तीन महिनामा सकिँदैन तर शिक्षकहरुले विद्यार्थी टिक्दैनन्। आफूपनि बाँच्नु पर्यौ भनेर संगीतको व्यापक व्यापारीकरण गरिदिएका छन्। जसले गर्दा गुणस्तरीय संगीत र संगीतकार उत्पादन हुन सकिरहेको छैन। सिकाइको जग नै बलियो छैन, संगीत शिक्षा ग्रामर बिनाको अंग्रेजीजस्तै भइदिएको छ।’

अर्याल भन्छिन्, ‘एउटा राग तीन दिनमा सिकाउने कुरा होइन। यसो कपिमा लेखाइ दिएर विद्यार्थीलाई रटाउने कुरा होइन। गलामा जबसम्म त्यो रागको स्वरुप आउँदैन तबसम्म विद्यार्थीले गलामा परिवर्तन पनि महसुस गर्दैनन् र राग के कालागि सिक्ने भन्ने पनि महसुस गर्दैन।’

उनका अनुसार ‘सरगम’को रुपमा ‘सारेगामापाधानिशा’ त हामीले पहिले नै सिकाउँछौं। ‘राग भोपाली’ भनेको सारेगामा मात्रै होइन। यो एकदमै सम्वेदनशिल कुरा हो। यसमा एउटा ‘ग’ लाई तीन ओटा तरिकाबाट लिन सकिन्छ र त्यो तीन ओटा फरक–फरक राग बन्छ। उनी थप्छिन्, 'त्यो कुरा रियाजको ट्याकनिक दिएर, रियाज यसरी गर्ने भनेर यदि विद्यार्थीलाई बुझाउन सकियो भने मात्रै ती विद्यार्थी अगाडि अनेकौ रागहरु उत्पादन स्वयंले गर्न सक्छ। जस्तै ‘सा–रे–ध–सा–रे–गा’ यो एउटा मेलोडि अर्को ‘सा–रे–ग–रे–ध–सा–रे–ग–प–ग–रे–ग’ फरक पर्यो नि। यसबाट दुईटा राग बन्यो। गाउन त त्यही ‘सारेगामापध’बाट गाएको हो नि। यही कुरा प्रायः संगितका गुरुहरुले सिकाइदिँदैनन् र एउटा राग तीन दिनमा रटाएर पठाउँछन्। अनि विद्यार्थीले सधैं त्यही गाएको हुन्छ, अर्को हर्कत नै लिन सक्दैन। 

उनी भन्छिन्, 'संगीतमा जति रियाज गर्दै गयो त्यति गला खुलेर आउँछ। गलामा मोटोपन आउँछ, मिठास र तान आउँछ। तर यी सबै कुरामा शिक्षकले बेवास्ता गरेपछि १ वर्ष विद्यार्थी ठगिन्छ त्यसपछि कि राम्रो गुरुकोमा जान्छ कि यसमा केही हुन्न भन्दै पलायन हुन्छ।' आष्माका अनुसार हतारको संगीत शिक्षाले पनि संगीतको क्वालिटि खस्किरहेको छ। शिक्षकहरुले नै क्लासिकल र लाइटको भेद देखाइ दिनुहुन्छ जसले संगीत बिगारसरहेको छ। यद्यपि नेपालमा केही राम्रा गुरुहरु छन् जसले राम्रो शिक्षा दिइरहेका छन्।'

अर्याल सुनाउँछिन्, 'मैले विद्यार्थीलाई पहिले नै कम्तिमा २ वर्ष बस्ने हो भने मात्रै भर्ना हुन भनेको छु। त्यही भएर पनि मेरो कला केन्द्रमा १५ जना भन्दा बढी विद्यार्थी नभएको हो। तर जति आउँछन् ती संगीतमा पोख्त भएर जान्छन् भन्ने पक्का हो। त्यो दुई वर्ष केही पनि होइन तर संगीत यो रहेछ भन्ने बुझ्नलाई पनि दुई वर्ष धैर्य गरेर बस्न भन्ने गरेको छु। र्‍याप, पप, वेस्टर्न वा इस्टर्न जुनसुकै गीत गाएपनि हारमोनियमको वा कुनैपनि संगीतको सात सुर लगाउने हो। अझै बाह्र स्वर भनौ। कुनै पनि बाजाको १२ ओटा भन्दा बाहिरी स्वर छैन। यो कुरा हामीले नबुझाइ दिएर, लाइट गाउने कि क्लासिकल गाउने भनेर भनिदिनाले यस्तो समस्या आएको हो। यो भेद संगीत सिकाउने गुरु हरुले नै बनाइ दिनु भएको छ। जबकी गुरुहरुलाई थहा छ कि क्लासिकल बिना संगीत सम्भव छैन। यो भनेको ग्रामर हो। सिकाइ नै राम्रो नभएपछि भविष्यमा उत्पादन हुने संगीतकार कस्तो होला ?'

नेपालमा त्रिभुवन विश्वविद्यालय लगायत थोरैमात्र स्थानमा संगीत अध्यापन हुने गरेको छ। संगीत सिक्नको लागि मात्रै भनेर विश्वविद्यालय छैन। झंकार कला केन्द्रमा हारमोनियम अनि बेसिक हारमोनियमलाई चाहिने तबला र तानपुरा छ। अर्याल भन्छिन्, ‘यी तीनथरी बाजा भोकललाई चाहिन्छ नै। यसलाई छुट्याउन मिल्दैन। एउटा शिक्षकमा यी तिन बाद्ययन्त्र बजाउने ज्ञान भएन भने उसले सिकाउने शिक्षा अपुरो हुन्छ।’

अर्यालले झंकार कला केन्द्रको यूट्युब च्यानल पनि सञ्चालन गर्दै आएकी छिन् भने रेडियो नेपालबाट गीत पनि रेकर्ड गराएकी छन्।

 

प्रकाशित: Jul 15, 2023| 09:22 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।