आइतबार, वैशाख २७, २०८३

जनमतमा २१६ सदस्यीय केन्द्रीय समिति विस्तार

जनमतमा ३५१ सदस्यसहितको केन्द्रीय समिति रहने प्रावधान भए पनि हालका लागि २१६ संख्या कायम गरिएको हो।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

National life

काठमाडौं– डा. सिके राउत नेतृत्वको जनमत पार्टीले २१६ सदस्यीय केन्द्रीय समिति विस्तार गरेको छ। आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति सदस्य विस्तारको निर्णय भएको कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए। केन्द्रीय समितिमा अधिकांश नयाँ अनुहारलाई स्थान दिइएको छ।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई सचिवालयमा ल्याइएको छ। पार्टी विधानअनुसार ३५१ सदस्यीयसहितको केन्द्रीय समिति विस्तार गर्नुपर्ने भए पनि हाललाई २१६ सदस्यीय केन्द्रीय समिति विस्तार गरिएको जनमतले जनाएको छ। आजको बैठकले डा. शरद्सिंह यादवलाई प्रवक्ताको रुपमा जिम्मेवारी तोकेको छ।

प्रकाशित: Jul 14, 2023| 16:58 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्