शनिबार, साउन २, २०८३

सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

लुँगको भेटमा नेपाल–अमेरिका सम्बन्धबारे विस्तृत छलफल भएको सभापति देउवाको धारणा।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– एकदिने नेपाल भ्रमणमा आएका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलेकांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मध्याह्न १ बजे त्रिभुवन विमानस्थल उत्रिएका लुले सभापति देउवासँग भेट गरेका हुन्।

सभापति देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो। शान्ति, लोकतन्त्रको प्रवद्र्धनमा अमेरिकी सरकार र सचिव लुसँग सहयोगबारे छलफल भयो।’

लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेट्दै छन्। लुले नेपालमा सञ्चालित अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग छलफल गर्ने बुझिएको छ।

प्रकाशित: Jul 14, 2023| 16:37 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्