सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा १८१ रन बनाएर जित निकालेको हो।
 |  शुक्रबार, असार २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

triton college
Metro Mart
vianet

काठमाडौं– एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’सँग ४ विकेटले हार बेहोरेको छ। श्रीलंकाको कोलम्बोमा भएको खेलमा पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले ले पराजित भएको हो।

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा १८१ रन बनाएर जित निकालेको हो। पाकिस्तान ’ए’ का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्का हान्दै ५१ रन बनाए। त्यस्तै, कमरान गुलामले २६ बलमा ३१ रन जोडे।

नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रनमा समेटिएको थियो।

प्रकाशित: Jul 14, 2023| 16:16 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्