बिहीबार, माघ २२, २०८२

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

सुरुआती कमजोर खेलेको नेपालले अन्तिममा सम्हालिएर ३७ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको हो। 
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– श्रीलंकाको कोलम्बोमा जारी एसीसी टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ।

National life

सुरुआती कमजोर खेलेको नेपालले अन्तिममा सम्हालिएर ३७ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको हो। सोमपाल कामीले अर्धसतक बनाएपछि नेपालले १ सयभन्दा धेरैको लक्ष्य दिन सक्यो। सोमपालले ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७५ रन बनाए।

नेपालले सुरुआती ५ ओभरमै ३ विकेट गुमाएको थियो। त्यसको केही समयमै थप दुई विकेट गुमाएको थियो। १० ओभर सकिँदा नेपालले ६ विकेट गुमाइसकेको थियो। 
कोलम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। 

नेपालविरुद्ध पाकिस्तानका धनानीले ५ विकेट लिए भने वासिमले ४ विकेट गिराएका थिए। नेपालसँग खेल्ने पाकिस्तान ‘ए’ मा सिनियर टोलीबाट खेलेका ८ युवा र स्टार खेलाडी छन्। पाकिस्तान साविक विजेता टिम पनि हो।

प्रकाशित: Jul 14, 2023| 13:57 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्