बिहीबार, माघ २२, २०८२

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

National life
Laxmi sunrise bank

काठमाडौं- एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’सामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमपाल कामीको अर्धशतकमा नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको थियो।

७२/८ को अवस्थाबाट गुज्रिएको अवस्थामा सोमपालले नेपालको ब्याटिङ सम्हालेका थिए। उनले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए।

ओपनर कुशल भुर्तेल १ रनमा आउट भए। आसिफ शेख र कुशल मल्लले १७/१७ रन बनाए। त्यस्तै, आरिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ र पवन सर्राफ १ रनमा आउट भए। पाकिस्तानका साहनवाज दहनीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए।

प्रकाशित: Jul 14, 2023| 13:54 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्