आइतबार, वैशाख २७, २०८३

काठमाडौं ओर्लिए अमेरिकी सहायक विदेशमन्त्री लु

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा काठमाडौं ओर्लिएका छन्। उनी मध्याह्न सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

National life

लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट्ने तालिका रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। 

काठमाडौंस्थित अमेरिकी दूतावासले अघिल्लो दिन बिहीबार मात्रै लु भ्रमणका विषयमा औपचारिक जानकारी गराएको थियो। नेपाल बसाइका क्रममा लुले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थासँग भेटघाट गर्ने कार्यक्रम छ।

लुले प्रधानमन्त्री प्रचण्ड एवं परराष्ट्रमन्त्री साउदसँगको भेटवार्तामा ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। लु  एकदिने नेपाल बसाइपछि आजै काठमाडौंबाट बाहिरिने बताइएको छ।

प्रकाशित: Jul 14, 2023| 12:34 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्