शनिबार, साउन २, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ। 

बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ। हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको थियो। 

त्यसैगरी बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। 

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Jul 14, 2023| 09:01 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्