आइतबार, वैशाख २७, २०८३

अनलाइनबाटै राप्रपाको सदस्यता लिन सकिने

राप्रपाले सदस्य बन्न चाहनेलाई अनलाइनबाटै सदस्यता फारम भर्न सकिने व्यवस्था गरेको हो।
 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

National life

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सदस्य हुन चाहनेले अबदेखि आवेदन फारम अनलाइनबाटै भर्न सक्ने भएका छन्।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले अबदेखि राप्रपा सदस्य बन्न चाहनेलाई अनलाइनबाटै सदस्यता फारम भर्न सकिने व्यवस्था गरिएको बताएका हुन्।

राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिनेछ। साधारण सदस्यलाई १०, सक्रिय सदस्यका लागि एक वर्षको १५० र ५ वर्षको लागि ५०० रुपैयाँ शुल्क तोकिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए। 

प्रकाशित: Jul 13, 2023| 16:47 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्