आइतबार, वैशाख २७, २०८३

एमाले सचिवालय बैठक ३० असारदेखि

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा यही असार ३० गते सचिवालय बैठक डाकिएको हो।

National life

बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ।

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो पार्टीका उपाध्यक्षसँग पार्टी गतिविधिबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले उपाध्यक्षहरुसँग पार्टीको गतिविधि र आगामी बस्ने सचिवालय बैठकको तयारीबारे छलफल गरेका हुन्।

छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए।
 

प्रकाशित: Jul 13, 2023| 06:11 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्