काठमाडौं–आजदेखि पार्टी मुख्यालय सानेपामा हुने तय भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी २ साउनलाई सारिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान ८.३३ बजे निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगन गरिएको हो।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ साउन दिउँसो १ बजे नै बस्ने तय भएको कांग्रेस कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्। बैठकमा केन्द्रीय कार्यसमिति पदाधिकारी एवं सदस्यलाई उपस्थित आग्रह गरिएको छ।