शनिबार, साउन २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रले भन्यो- दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

माओवादी केन्द्रले भन्यो- दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- माओवादी केन्द्रले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ। 

दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा  निधन भएको हो। माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन्।

वक्तव्यमा थप लेखिएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेृतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित सम्पूर्ण उहाँका विशेषता हुन्। उहाँ आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’

प्रकाशित: Jul 12, 2023| 10:48 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्