आइतबार, वैशाख २७, २०८३

सीता दाहालको निधनले समाजवादी मोर्चाको बैठक स्थगित

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- समाजवादी मोर्चाको  आज बस्ने भनिएको बैठक स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको हो। 

National life

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४:०० बजे बस्ने गरि बोलाइएको थियो।

दाहालको आज बिहान नर्भीक अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान  अस्पताल लगिएको थियो।

आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो। तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्रकाशित: Jul 12, 2023| 10:35 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्