शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • प्रदेश
  • जबरजस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

जबरजस्ती करणी आरोपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष शुक्ला पक्राउ

रूपन्देहीको एक स्थानीय तहका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

बुटवल– रूपन्देहीको एक स्थानीय तहका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी उद्योगमा बिहीबार दिउँसो पक्राउ परेका हुन्। 

National life insurance

स्थानीय एक महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए। 

पक्राउ परेका अध्यक्ष शुक्ला सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्। उनी गाउँपालिका अध्यक्ष भने स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए। 

गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन्। प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान थालेको बताएको छ। अध्यक्ष शुक्लालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ। 

प्रकाशित: Aug 12, 2021| 05:41. 22 बिहीबार, साउन २८, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।