NadaNada
सोमबार, भदौ २, २०८२

विनियोजन विधेयक पारित गर्न राष्ट्रियसभा बैठक बस्दै

 |  बुधबार, असार २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

vianetvianet

काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको छ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। 

कार्यसूचीअनुसार राष्ट्रियसभाका अध्यक्षले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ।

प्रकाशित: Jul 12, 2023| 08:22 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्