आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ।

National life

अघिल्लो वर्ष साउन २७ गतेदेखि नै सुरु भएको बैठक एकवर्षपछि आज सुरु हुन लागेको हो। बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने छ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई-दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो। पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आज बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिइनेछ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने छ।

यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ। जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ।

साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

प्रकाशित: Jul 12, 2023| 08:16 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्