NadaNada
सोमबार, भदौ २, २०८२

माओवादीका मोदी सरकारबाट फिर्ता हुँदै, जनमत जाने

 |  बुधबार, असार २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

vianetvianet

काठमाडौं- जनमत पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पुन: सहभागी हुने भएको छ। दाहालकै आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मंगलबार मन्त्रीको रुपमा सिफारिस गरेको छ। 

जनमतले मन्त्रीका लागि मंगलबार अनिता देवीको नाम पठाएको छ। कुन मन्त्रालय दिने भन्नेचाहिँ तय भइसकेको छैन। प्रधानमन्त्रीले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर त्यहाँ जनमतलाई पठाउने तयारी गरेका छन्। तर जनमतले भने विकासे मन्त्रालय मागेको छ।

यसअघि जनमतले सरकारमा अब्दुल खानलाई मन्त्री बनाएर पठाएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय जिम्मा लगाएपछि पार्टी असन्तुष्ट बनेर सरकार छाडेको थियो।

प्रतिनिधिसभामा ६ सांसद रहेको जनमत सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिइसकेको छैन।
 

प्रकाशित: Jul 12, 2023| 06:08 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्