NadaNada
आइतबार, भदौ १, २०८२

मन्त्रिपरिषद्को बैठकले गर्‍यो यी ४ निर्णय

 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं- सरकारले  सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको हो। 

त्यसैगरी सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को मंगलबारको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। 

सरकारले मंगलबार नै वरीयताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढवा गर्ने निर्णय गरेको छ।

प्रकाशित: Jul 11, 2023| 19:30 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्