काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ।
हेलिकप्टरबाट ल्याइएका शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। सुरुमा ४ जनाको शव ल्याइएको थियो भने दोस्रो खेपमा दुई शव ल्याइएको थियो।
चन्द्रबहादुर गुरुङले उडाएको हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक थिए। उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए।