बुधबार, मंसिर २४, २०८२

कसरी निवारण गर्ने मांगलिक दोष ?

 |  मंगलबार, असार २६, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

मंगलबार, असार २६, २०८०

मांगलिक हुनु एक प्रकारको दोष हो। मांगलिक दोष हुँदा वैवाहिक जीवनमा अनेक प्रकारका कष्टको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ। मांगलिक दोष मंगल ग्रहका कारण कुण्डलीमा बन्दछ।

National life

जुन व्यक्तिको कुण्डलीमा मंगल लग्न भाव, चौथो भाव, सातौं भाव, आठौं भाव र १२औं भावमा हुन्छ उसले मांगलिक दोषको सामना गर्नुपर्ने ज्योतिषिय मान्यता छ। मांगलिक दोष भएका जातकको मांगलिक व्यक्तिसँगको विवाह शुभ हुन्छ। यस्तोमा मांगलिक दोषबाट मुक्ति पाउन निम्न उपाय गर्न सकिन्छ।

कुम्भ विवाह
यो एक प्रकारको काल्पनिक विवाह हो। यसमा कुनै घडाका साथ वैवाहिक प्रकृया पूरा गरी यसलाई फुटाइन्छ। मान्यता अनुसार यसो गरे मंगल दोष समाप्त भएर जान्छ।

नीमको बिरुवा
जहाँ बसाइ भए पनि अनुकूल स्थानमा एक निमको बिरुवा रोपी यसलाई ठूलो हुन्जेल सम्भार गरेर हुर्काउनु पर्दछ वा ठूलो बोट नै लगाएर ४३ दिनसम्म हेरचाह गर्नु पर्दछ। यसो गरेमा मांगलिक दोष निवारण हुने ज्योतिषिय मान्यता छ।

हनुमान चालीसा
हनुमान चालीसाको न्यूनतम १ हजार ८ पटक पाठ, नियमित हनुमानको उपासना गरे मांगलिक दोषबाट मुक्त हुन सकिने ज्योतिषिय मान्यता छ। यस अलावा कुकुरलाई रोटी ख्वाए, चाँदीको सिक्री धारण गरे र ज्योतिषको सल्लाह लिए वा मांगलिक दोषको शान्ती गरे यसबाट मुक्त भइने ज्योतिषिय मान्यता छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 11, 2023| 19:07 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्