आइतबार, वैशाख २७, २०८३

भ्रष्टाचारका नाममा राजनीति नगर्न केपी ओलीको चेतावनी

प्रचण्ड सरकार जनताका समस्याप्रति ध्यान नदिएर भ्रष्टाचारका नाममा लोकप्रिय हुने खेलमा लागेको ओली आरोप।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- सरकारले सिन्को भाँच्न नसकेपछि भ्रष्टाचारविरोधी अभियान चलाएर राजनीतिक लाभ लिन खोजेको एमाले अध्यक्ष केपी ओलीले दाबी गरेका छन्।

National life

मंगलबार एमाले बागमती प्रदेश कमिटी बैठकमा सहभागी अध्यक्ष ओलीले जनताका समस्याप्रति ध्यान दिन छाडेर भ्रष्टाचारका नाममा राजनीतिक गरिरहेको आरोप लगाएका हुन्। 

भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरीकहाँ निवेदन परे पनि अहिले सरकारमा बसेकाले गरेको ढाकछोप उघ्रिएपछि अघि बढाउन बाध्य भएको उनले बताए। 

एमाले नेता अनियमितता र भ्रष्टाचारमा संलग्न नभएको उनले दाबी गरे। अहिले टेको लिएर सरकार बनाउने खेलमा नलाग्ने र मिसन २०८४ मा पूर्ण बहुमत ल्याएर एमालेले सरकार बनाउने उनको भनाइ छ।

उनले भने, ‘अहिलेको गठबन्धन सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने मात्रै हो। हामीलाई सरकारमा जान हतारो छैन। अब मिसन २०८४ मा मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने हो।’

प्रकाशित: Jul 11, 2023| 16:22 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्