काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धार्पण गरेका छन्। आज मनाङ एयरको हेलिकोप्टर सोलुको लिखुपिके गाउँपालिका–५ लामजुरापास डाँडामा दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुःखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु।’
सोलुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकोप्टर लिखुपिके पालिकाको लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकोप्टरमा सवार पाँच मेक्सिकन र नेपाली पाइलट चेतबहादुर गुरुङसहित सबैको मृत्यु भएको छ।